खेलकुद

बिश्वकप क्रिकेट लिगको आजको खेलमा नेपालको यस्तो लक्ष्य

काठमाडौँ । किश्वकप क्रिकेट लिग २ अन्तरर्गत शनिबार आज नेपाल अमेरीका सँग प्रतिस्पर्धामा भिड्दै छ । नेपालले पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । अमेरीकाले पनि ओमनसँग ६ विकेटले परजित भएका थिए । अमेरीकाले ९ खेलकाट १२ अंक बनाएको छ ।

ओमनको पनि १२ अंक रहेकाले नेपाल र अमेरीका दुवैलाई यस खेलबाट जित निकाल्नु रहेको छ । नेपालले भने खाता खोल्न नसकेकोले अमेरीकासँगको खेलबाट जित निकालि खाता खोल्ने लक्ष्य रहेको छ । टियु मैदान कीर्तिपुरमा भइरहेको खेलमा सात राष्ट्रका सहभागीता रहेको छ ।

लिग २ मा नेपाल,अमेरीका, ओमन सहित स्कटल्याण्ड, युएइ, नामिविया पपुवा न्युनिगी रहेका छन् नेपालले बुधबार ओमनसँग लिगकै पहिलो खेल खेलेको हो । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटकालागी छनौट हुनेछन् ।