राजनीति

डा कोईरालाको आक्रोसः वालुवाटार प्रकरणमा सरकार र अख्तियारको मिलेमतो  !

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा शेखर कोईरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता कोईरालाले केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिएको र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाएको भन्दै यस्तो यस्तो बताएका हुन् ।

साथै यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको भन्दै लोकतन्त्र र देशका लागी दुर्भाग्य भएको जिकिर गरेका छन् ।

उनको ट्वीटः वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो । केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन । यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ।लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो।