राजनीति

नीति, योजना र कार्यान्वयनमा प्रधानमन्त्री ओली पुर्णतः असफल- डा आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली नीति योजना र कार्यान्वयनमा पुर्ण तः असफल भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा आचार्यले काठमाडौंलाई भारत र चीनसँग रेलमार्गले जोड्ने लगायत पूर्वाधारलाई प्राथमिकतामा राख्ने ओलीको सोच सहि भएपनि नीति र योजना र कार्यान्वयनमा लग्ने काममा भने उनि असफल भएको बताए ।

साथै उनले यो जलमार्ग भने कुनै पनि हिसाबले सान्दर्भिक नभएको भन्दै सोच नै गलत रहेको जिकिर गरेका छन् ।

उनाको ट्वीटः काठमाडौंलाई भारत र चीनसँग रेलमार्गले जोड्ने लगायत पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रम केपि ओलीको सोच सहि छ । तर सोचलाई नीति र योजना र कार्यान्वयनमा लग्ने काममा भने उनि असफल देखिएका छन् ।  यो जलमार्ग भने कुनै पनि हिसाबले सान्दर्भिक छैनस सोच नै गलत छ । खै, सुधारको छाँट फिटिक्कै देखिएन ।