समाचार

मध्यरातमा प्रहरी चौकी आक्रमण, गम्भीर घाईते असई झालाई उपचारका लागि काठमाडौं लगियो, थप प्रहरी परिचालन

सिन्धुपाल्चोक । प्रहरी चौकी आक्रमणमा परि २ प्रहरी घाईते भएको समाचार छ । सिन्धुपाल्चोकको तिपेनीमा आज राती १ बजेतिर एक दर्जनजति युवाहरु मोटरसाईकलमा आएर चौकी आक्रमण गर्दा प्रहरीले आत्मारक्षाका लागि चार राउण्ड हवाईफायर पनि गरेको थियो ।

जिल्लाम प्रहरी निरिक्षक सन्तोष घिमिरेका अनुसार असई सन्तोष कुमार झा, हवल्दार हरिबहादुर मगर घाईते भएका छन् । असई झा लाई थप उपचारका लागि काठमाण्डौ लगिएको प्रहरीले बताएको छ ।

घटनास्थलतर्फ थप प्रहरी तैनाथ गरिएको छ । क्षतीको थप विवरण आएको छैन । कसले घटना घटाएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।