सामाजिक सञ्जाल

दुधको दुध पानीको पानी नभई गच्छदारको बचाउमा कांग्रेस लाग्नु गलतः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपसभापती विजयकुमार गच्छदारलाई बचाउन खोज्नु गलत भएको बताएका छन् ।

उनले अख्तियाारले डामेपछि बुध्दिमान जन कानुनी प्रक्रियाले दूधको दूध पानीको पानी छुट्याओस् भनी कामना गरेपनि कांग्रेसले उनको सुरुमै बचाउ गर्नु गलत भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘अख्तियाारले डामेपछि बुध्दिमान जन कानुनी प्रक्रियाले दूधको दूध पानीको पानी छुट्याआस् भनी कामना गर्छन् । तर कांग्रेसीजन अताल्लिँदै हतारहतार गच्छदार सरलाई पानीमा चोबल्दै घोडे साबुनले धुन थाले । कठै, कांग्रेस हुन छाडेको कांग्रेसका दुःख ’ !

उनको ट्वीटः अख्तियाारले डामेपछि बुध्दिमान जन कानुनी प्रक्रियाले दूधको दूध पानीको पानी छुट्याओस् भनी कामना गर्छन् । तर कांग्रेसीजन अताल्लिँदै हतारहतार गच्छदार सरलाई पानीमा चोबल्दै घोडे साबुनले धुन थाले। कठै,कांग्रेस हुन छाडेको कांग्रेसका दुःख !