समाचार

आज उच्च पहाडमा वर्षा र हिमाली भेगमा हिउँपर्ने सम्भावनाः मौसमविद !

काटमाडौं । केही दिनदेखी सफा भएको मौसममा फेरी पनि परिवर्तन हुने भएको छ । जसका कारण मुलुकका केही स्थानमा वर्ष र हिमाली क्षेत्रमा हिँउ पर्ने सम्भावना रहेको छ ।

मौसमविदका अनुसार आज शनिबार हिमाली भेगमा हिमपात र उच्च पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ ।

यस्तै मुलुकको तराई लगाएत अन्य ठाउँमा भने एकछिन घाम लाग्दै बादल लाग्ने माहाशाखाले जानकारी दिएको छ ।

मुलुकभरी नै मौसम वदली भएपछि बिगत केहिदिन देखी घाम लागेको छैन । भने केही चिसो महशुस पनि गरिएको छ ।