खेलकुद

सिएमसी प्रिमियर लिगको उपाधि राप्ती र्यापिड्सलाई

चितवन । राप्ती र्यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ ।

नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले सो उपाधि हात पारेको हो ।

सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर चार बलमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । उनले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरेका थियो ।

उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ डोहोर्यायो । आक्रमक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र दुई छक्का प्रहार गरे ।

त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएको छन् । हरिबहादुर चौहान १८ तथा भीम सार्की ११ रनमा नट आउट रहे ।

आक्रमक ब्याटिङ गरेका छन् सार्कीले १७ औँओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरे । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यान माथि हावी हुन सकेनन् ।

सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिएका छन् । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा चार विकेट गुमाउँदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो शुरुआत गरेको थियो ।

ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गगर्नुभयो । रित १७ बलमा चार चौकाप्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा सात चौका प्रहार गर्दै ५१ रन बनाए ।

यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द आठ बलमा सात रनमा नट आउट रहे । राप्तीका कमल थापाले दुई विकेट लिएका एिथ । उनले चार ओभरमा ३० रन खर्चिएका छन् । खेलको चितवन टाइगर्स म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए । उनले दुई हजार प्राप्त गरे ।

विजेता बनेको राप्तीले रु दुई लाखसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ । उता राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भने । उनले रु १० हजारसहित ट्रफी प्राप्त गरे ।

उनले सिपिएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्वपूर्ण पाँच विकेट लिएका थिए । यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भएका थिए ।

उनले प्रतियोगिता भर १३ ओभर पाँच बल बलिङ गर्दै ७६ रन खर्चिएर नौ विकेट लिएका छन् । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए ।

राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्वपूर्ण आठ विकेटसमेत लिएका थिए । उनिहरुले जनही रु चार÷चार हजारसहित ट्रफी प्राप्त गरेका थिए ।

उनिहरुलाई वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदी र राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका तीनखेलाडी नेपालकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । यस्तै भरतपुर गुर्खाजका काप्तान सङ्घर्ष पौडेल वैकल्पिकमा परेका छन् ।

यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

समापन समारोहमा नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको बताए ।

माघ १७ गतेबाट शुरु भएको प्रतियोगीतामा जिल्लाका पाँच टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती र्यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए ।

नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सहआयोजकमा चितवन क्रिकेट सङ्घ रहेको थियो ।