राजनीति

डा भट्टराईको आक्रोसः भ्रष्टचारको विषयमा राजनीतिक दलहरु पक्ष विपक्ष हुनु गलत !

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टचारको विषयमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरु पक्ष र बिपक्षमा बाँडिनु गलत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले भ्रष्टचार जस्तो घातक सामाजिक क्यानसरको विषयमा व्यक्ति विशेष भन्दा पनि प्रणाली र प्रकृयाबारे बहस गरी यस्को समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आफुले गरेको भष्टचार लुकाउँदै अरुलाई मात्रै दोष दिने प्रबृति मुर्खता भएको भन्दै भ्रष्टचार नै र्निमुल पार्नमा सबै एक भएर लाग्नुपर्ने बताए  ।

 

उनको ट्वीटः भ्रष्टाचार जस्तो घातक समाजिक क्यान्सरको विषयमा देशका प्रमुख राजनीतिक शक्तिहरू पक्षविपक्षमा बाँडिनु राम्रो भएन ! व्यक्ति विशेष भन्दा पनि प्रणाली र प्रकृयाबारे वहस गरौं र समाधान खोजौं ! मेरो क्यान्सर लुकाउँछु, तेरो क्यान्सरवारे मात्र खुच्चिंग गर्छु भन्नु मूर्खता हो ! सबैको उपचार खोजौं !