खेलकुद

त्रिकोणात्मक सिरिजः पहिलो खेलमै असफल नेपाल आज अमेरिकासंग मैदान उत्रदै !

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले आज (शनिबार) अमेरिकासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् । नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए ।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर घाइते भएपछि वैकल्पिक खेलाडी सुवासलाई टिममा बोलाइएको छ । सुवास ओपनिङ ब्याटिङ गर्न रुचाउने विकेटकिपर हुन् । नेपालको सधैको समस्या ओपनिङ ब्याटिङ हो ।

ओमानसँगको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडी प्रशिक्षण गरेपनि दुवै खेलाडी असफल भएका थिए । त्यसैले अब ज्ञानेन्द्रलाई साथ दिन सुवास ओपानिङमा आउने बलियो सम्भावना रहेको छ ।

यसअघिको भेटमा सुवासले अमेरिकाविरुद्ध ५ खेलमा १ शतक सहित २ सय ३५ रन बनाएका छन् । अमेरिकाविरुद्ध सुवासको औषत ७८ दशमलब ३३ को रहेको छ । जुन नेपाली ब्याट्सम्यान सबै भन्दा धेरै औषत हो । यस्तै सुवास अमेरिकाविरुद्ध शतक प्रहार गर्ने पहिलो र एक्लो नेपाली खेलाडी हुन् ।

घरेलु समर्थकको साथ

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाललाई घरेलु मैदान र समर्थकको राम्रो साथ मिल्नेछ । नेपालले अमेरिकासँग घरेलु मैदान र समर्थको फाइदा उठाउन चाहान्छ । यता अमेरिकालाई भने ठुलो समर्थकमाझ खेल्ने बानी छैन ।

उसले खेलेको घरेलु मैदानको खेलमा समेत बिरलै समर्थक देखिने गर्छ । अन्तिम पटक ९सन् २०१०० नेपाल भ्रमण आउँदाको अमेरिकी टिममा धेरै खेलाडी नयाँ छन् । अमेरिकाका रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् ।

ठुलो समर्थक सामु प्राय खेलाडीलाई अनुभब नभएको कारण नेपालसँग खेल्न उत्साहित रहेको अमेरिकाका प्रशिक्षक जेम्स पम्मेन्ट तथा कप्तान सौरभ नेत्रभालकर बताउँछन् । समर्थकको दबाब चिर्न अमेरिकाका प्रशिक्षकले आफ्ना खेलाडीलाई मैदान भित्र मात्र ध्यान दिन सिकाउने बताएका छन् ।

खेलाडीहरु यति ठुल समर्थकमाझ खेल्न उत्साहित छन् । मैदान बाहिर भन्दा रिङ ९बाउन्ड्री लाईन० भित्र खेल्न सिकाउने मेरो काम हो, प्रशिक्षक जेम्सले भने, रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् । उनीहरुलाई यसको मजा लिँदै खेल्न म हौशला दिनेछु । यस्तै यति धेरै समर्थको सामु खेल्न पाउनु एक अवसर रहेको अमेरिकाका कप्तान सौरभले बताए ।

यति धेरै समर्थकको सामु खेल्न पाउनु एक अवसर हो । यसले हामीलाई एक चुनौतीको साथ हौशला समेत दिनेछ, कप्तान सौरभले भने, हामी प्रतिस्पर्धात्मक खेलको अपेक्षामा छौं । अन्तिम पटक सन् २०१० मा नेपाल भ्रमण गरेको अमेरिकाको टिममा अहिले धेरै परिवर्तन आएको छ ।

२र३ खेलाडी बाहेक उसको खेलाडीमा समेत नयाँ छन् । सो बेला डिभिजन पाँच खेल्न नेपाल आएको अमेरिका फाइनलमा नेपालसँग पराजित भएको थियो ।