आर्थिक

राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कूल १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।