राजनीति

ललिता निवासवरिपरि मेरो १० पुस्ताभित्र जग्गा भए कारबाही भोग्न तयार छुः नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताएका छन् ।

आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उनले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए । छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारवाही पनि भोग्न तयार रहेको उनले बताए ।

भरखरै धरान उपमहानगरपालिकामा नेकपाको हार के कारणले ।भएको हो गम्भीर रूपमा कार्यकर्ता तथा नेताले सोच्नुपर्ने वरिष्ठ नेता नेपालले बताए । उनले धेरै लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट पार्टी सञ्चालनमा केही ऊर्जा थपिएको समेत बताए ।

इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा सम्पन्न सो अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय कमिटीका सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला, सह–इन्चार्ज तैयव हुसेन, उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी, इटहरी इन्चार्ज राजकुमार गिरी, सह–इन्चार्ज निर्मल बराल तथा अन्य जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

बरिष्ठ नेता नेपालले गच्छदार वा अरु दोषी भएको वा नभएको बारे आफुलाई थाहा नभएको र संबन्धित निकायले अनुसंधान गर्ने बिषय भएको जिकिर गरे ।