समाचार

२ वर्षीय बालकले आमालाई मृत्युभन्दा अगाडी बिदा गर्दै गरेको तस्बिर ‘फोटो अफ द इयर’ घोषित

काठमाडौ । नेपाल फोटो प्रतीयोगीता २०७६ मा फोटो पत्रकार निभेष चित्रकारको फोटो उत्कृष्ट भएको छ । फोटो पत्रकार क्लबले आयोजना गरेको प्रतियोगिता चित्रकारले खिचेको फोटो ‘फोटो अफ द इयर ०७६’ घोषित भएको हो ।

रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युभन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर फोटो अफ द इयर घोषित भएको हो । यससँगै चित्रकारले अन्य दुई विधामासमेत विजय भएका छन् ।

नेपाल स्माइल विधामा सुरज श्रेष्ठले खिचेको तस्विर विजय भएको छ । त्यस्तैगरी न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एण्ड वाइल्ड लाइफमा नभेष चित्रकार र डेली लाइफ विधामा गोपेन राई विजय भएका छन् ।