आर्थिक

सिभिल बैंकको रन्जना लिपि भएको परिचय पाटी सहितको भीमसेनस्थान शाखाको उद्घाटन

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले आज एक समारोहबीच सिभिल बैंकको भीमसेनस्थान शाखाको समुद्घाटन गरेका छन् । उदघाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पु¥्र्याएमा देश आफै समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिएे । आफुले बैंकलाइ आफ्नो तर्पmबाट भरपुर सहयोग गर्ने कुरा बताए ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी,व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्त चित्त भएर काम गर्ने बताए ।