खेलकुद

पौडीको टेक्निकल क्लिनिक सम्पन्न

काठमाडौ । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा संचालित फिना स्विमिङ्ग अफिसियल क्लिनिक शुक्रबार सम्पन्न भएको छ ।

दक्ष निर्णायक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तीन दिन सम्म संचालन भएको क्लिनिकमा ५५ जना निर्णायकहरुको सहभागिता रहेको थियो ।

निर्णायकहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियाका रायन आर्विष्टरले प्रशिक्षण प्रदान गरेका थिए ।

क्लिनिकमा सहभागिहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवनराम श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ।

प्रशिक्षणमा श्याम जि.सी. र टेकबहादुर बल उत्कृष्ट घोषित भएका थिए । यस क्लिनिकले पौडीका नियमहरुको ज्ञानका साथै प्रतियोगिताहरुलाई निश्पक्ष र स्वस्थ बनाउन मद्धत पुगेको क्लिनिकमा सहभागीहरुले बताए ।

क्लिनिकमा सहभागिहरुले निकैनै अनुशासित रुपमा पौडी निर्णायक सम्वन्धि ज्ञान हासिल गरेको र आगामी दिनमा पौडी खेललाई निश्पक्ष र स्वस्थ बनाउन सहयोग पुग्ने फिना एक्सपर्ट रायनले बताए ।