राजनीति

नेविसंघ/तरुण भन्छन्ः गच्छदार नबचाउनुस् तर माधव/विष्णु/बाबुराम/लिलामणीलाई अनुसंधान गर्नुस्

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघको संयोजनमा काठमाडौंको माईतीघरमा आयोजीत अख्तियार दुरुपयोग अनुसंधान आयोगको ललिता निवास जग्गा घोटाला बिरुद्ध आन्दोलन गरेको छ ।

तरुण दलका केन्द्रीय उपाध्यक्ष जीतजंग बस्नेत लगायतका तरुणहरुको उपस्थितिमा भएको बिरोध कार्यक्रममा नवसनियुक्त नेविसंघका अध्यक्ष राजीव ढुंगानाले अख्तियारमा पनिर राजनीतिकरण भएर एउटै मुद्धामा एकजनालाई मुद्धा चल्नु र अर्कोलाई नचल्नु हास्यास्पद भएको बताए । उनले माधव नेपाल र डा बाबुराम भट्टराईले निर्णय गर्ने तर सचिव र मन्त्रीलाईमात्र फसाउने कार्य गलत भएको बताउँदै आफूहरु विजय गच्छदारलाई बचाउन भन्दापनि भ्रष्टाचार मुद्धामा अन्यलाई पनि अनुसंधानको दायरामा ल्याईन दबाब दिन आएको बताए ।

नेपाली काँग्रेसले बिहीबार नै निर्देशन दिएबमोजिम भातृसंस्थाहरुले शुरु गरेको आजको नेविसंघको प्रदर्शनमा बोल्दै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ बस्नेतले नेपाली काँग्रेसका नेताहरुलाई छानी छानी मुद्धा लगाउने तर नेकपाका नेता तथा निकटकालाई बचाउने अख्तियार दुरुपयोग अनुसंधान आयोगले नेकपा अध्यक्ष समेत रहेका केपी ओलीको निर्देशनमा काम गरेको आरोप लगाए छ। अध्यक्ष बस्नेतले आईतबारको तरुण दलको अन्दोलन भब्य हुने जानकारी गर्दै ओली सरकारको निशेधित क्षेत्र समेत तरुण दलले तोड्न सक्ने चेतावनी दिए । उनले तरुण दलले उही सरकारका निर्णय गर्ने मन्त्री र सचिवलाई कारबाही हुने तर प्रधानमन्त्रीलाई कारबाही नहुने नियम अचम्मको भएको जिकिर गरे ।