समाचार

आजको संसद बैठक पनि अवरुद्ध गर्दै कांग्रेस !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार विरुद्ध भ्राष्टचार मुद्धा दायर गरेको विरुद्धमा आजको संसद बैठक पनि अबरुद्ध गर्ने भएको छ ।

सरकारले संवैधानीक अंग आफै चलाएको र पक्षपातपुर्ण निर्णय गरेको भन्दै आज दोस्रो दिनको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसले निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बाकृष्ण खाणका अनुसार आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आजको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो ।

हिजो कांग्रेसले बिरोेध जनाएपछि स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । साथै कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा गच्छदारको नाम आएसंगै बिरोध गर्दै आएको छ ।

कांग्रेसले बिरोध जनाउने भएपछि आजको बैठक हुने या नहुनेमा अन्यौलता छाएको छ ।