सामाजिक सञ्जाल

उदयको प्रश्नः सिफारीस गर्ने व्यक्ति दोषी भए निर्णय गर्ने प्रधानमन्त्री कसरी निर्दाेष ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण दलका पुर्व अध्यक्ष उदय समशेर राणाले बालुवाटार जग्गा प्रकरणमा सिफारीस गर्ने व्यक्ति दोषी हुँदा निर्णय गर्ने व्यक्ति कसरी निर्दाेष भयो भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत राणाले गच्छदार निर्दाेष रहेको बताउँदै यदि दोषी भए प्रधानमन्त्री कसरी चोखो हुने भनि प्रश्न गरेका हुन् ।

राणाले लोकतन्त्रको आधारभुत सिद्धान्त भनेको कानुनी शासन भएको भन्दै कानुन सबैका लागी बराबरी हुनुपर्ने जिकिर गरेका छन् ।

बालुवाटार प्रकरणमा कांग्रेसका उपसभापती विजय कुमार गच्छदाको नाम आएको विषयलाई उल्लेख गर्दै उनले सिफारीस गर्ने व्यक्तिलाई कानुन लाग्ने तर निर्णय गर्ने प्रधानमन्त्रीलाई कसरी कानुन नलाग्ने भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटः लोकतन्त्रको आधारभुत सिध्यान्त भनेको कानुनी शासन हो र कानून सबैको लागी बराबर हुनुपर्छ । सिफारिस गर्ने मन्त्रीलाई कानून लाग्ने तर निर्णय गर्ने प्रधानमन्त्रीलाई कानून नलाग्ने कसरी हुनँसक्छ । गच्छदार निर्दोष हुन तर दोशी हुन भने त्यसबखतका प्रम कसरी चोखो हुन ?