राजनीति

केहीबेरपछि नेविसंघ आन्दोलनः गच्छदार फसाउने हो भने माधव/बिष्णु/बाबुराम/बिष्णुलाई पनि थुन्न खुल्ला चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बालुवाटार जग्गा प्रकरणमा राजनैतीक, वदनियत तथा प्रतिसोध पुर्ण मुद्धा लगाएको बिरुद्धमा आज बिरोध गर्ने भएको छ ।

नेकपाका नेता माधव कुमारनेपाल, बिष्णु पौडेललाई उन्मुक्ति दिएर सरकारले कांग्रेसमाथि प्रतिसोध साँध्न आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारमाथि मुद्धा लगाएको भन्दै बिरोध जनाउँदै आएको छ । कांग्रेसको भातृसंगठन तथा सुभेच्छुकको सहभागीतामा आज दिउसो साढे १२ बजे काठमाडौंको माईतिघर मण्डलामा बिरोध सभाको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा सहभागीताका लागि सबैलाई नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले  आग्रह गरेका छन् । हिजो मात्रै कांग्रेसले राजनैतिक पुर्वाग्रह राखी आफना पार्टीका नेता विजय कुमार गच्छदारलाई मुद्धा लगाएको भन्दै संसद वैठक अवरुद्ध गरेको काँग्रेसको निर्देशनमा नेविसंघले शुक्रबार बिरोध प्रदर्शन गर्न लागेको हो । नेपाल तरुण दलले पनि ७७ वटै जिल्लमा आफ्ना मातहतका कमिटिलाई आन्दोलन गर्न निर्देशन गरिसकेको छ । 

बालुवाटार जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार लगायत १७५ जना बिरुद्ध मुद्धा दाएर गरेको थियो । भ्रष्टाचारमा राजनीतिकराण् गरेको भनेर अख्तियार दुरुपयोग अनुसंधान आयोगको बिषयमा नै सामाजिक सञ्जालमा तीब्र बिरोध भईरहेकको बेला नेविसंघले आफ्नो विरोध र्याली आयोजना गरेको छ ।