राजनीति

तरुण दलले गर्यो घोषणाः गच्छेदारलाई ओलीको निर्देशनमा फसाईएको भन्दै ७७ वटै जिल्लामा आन्दोलन

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले नेपाली काँग्रेसका उपसभापति एवं संसदस्य दलका उपनेता बिजय कुमार गच्छदारलाई अख्तियार दुपयोग अनुसंधान आयोगले भ्रष्टाचार मुद्धा लगाएकोमा आपत्ती जनाउँदै ७७ वटै जिल्ला तरुण दललाई बिरोध गर्न निर्देशन दिएका छन् । तरुण दलले २६ गते माईतीघरमा कार्यक्रम गर्ने हुंदा उपस्थित हुन आग्रह गर्दै नेपाली काँग्रेसको शसक्त भातृसंस्थाको रुपमा परिचित तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ती जारी गर्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, संघीय समाजबादीका संयोजक डा. बाबुराम भट्टराई, पूर्व मुख्यसचिव लीलामणी पौडेल नेकपा महासचिव विष्णु पौडेललाई नेकपाका नेता भएको आधारमा भ्रष्टाचार मुद्धा नलगाउनु तर काँग्रेस उपसभापति गच्छदारलाई ओली सरकारको निर्देशनमा अख्तियारले लगाएको झुट आरोप भएको बताएका छन् ।

तरुण दलले भ्रष्टाचार गर्नु मुलुक र जनताको बिरुद्धको अपराध भएको बताउँदै पुर्व प्रधानमन्त्री माधव नेपाल, डा बाबुराम भट्टाई, नेकपा महासचिव बिष्णु पौडेल र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल लगायत अन्य आरोपीलाई पनि अनुसंधानको दायरामा ल्याउन जोडदार माग पनि गरेको छ । यसभन्दा अघि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य बालकृष्ण खाण, प्रवक्ता बिश्वप्रकाश शर्मा, युवा नेता धनराज गुरुङ, उदय शम्सेर राणा लगायतका नेताहरुले विजय गच्छदारलाईमात्र अनुसंधानको दायरामा ल्याउनु राजनीतिक रुपमा पूर्बाग्रही भएको बताएका छन् ।

दलले जग्गा घोटालामा सरोकार नै नभएर। गच्छेदारलाईमात्र फसाउनुभन्दा अन्य नाम जोडिएका नेतालाई अनुसंधानको दायरामा ल्याउन पक्रन चुनौती समेत दिएको छ । काँग्रेसले ७७ वटै जिल्लमा आफ्ना भातृसंस्थामार्फत सकारले विजय गच्छेदारलाई फसाएको तर नेकपाका नेताहरुलाई नफसाएको भन्दै आन्दोलन गर्ने संकेत दिएको छ ।