राजनीति

गगन थापाको आक्रोस: गच्छदारलाई फसाएर नेकपासंग जोडिएकालाई उन्मुक्ति दिनु दुर्भाग्य

काठमाडौं । कांग्रेसका उपसभापति विजय गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा मुद्धा लगाएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिन थालेका छन् । यसैक्रममा कांग्रेसका युवा नेता नेता तथा पुर्व मन्त्री गगन थापाले ट्वीटरमार्फत ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयको नाउमा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु दूरासयपूर्ण भएको आरोप लगाएका छन् । नेता थापाले सार्वजनिक सम्पत्ति बदनियतपूर्ण रुपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्नेसमेत बताएका छन् ।

थापाले भनेका छन्, “यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न गराउन निर्देशन दिने तत्कालिन प्रधानमन्त्री र संलग्न अन्य अधिकारी उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन् ।”