सूचना प्रविधि

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’,

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदालिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र १०० (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिकभ्वाइस प्याकको मजालिन सक्नेछन् ।

यो भ्यालेन्टाइन अफर यहीशुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा नमाल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।