बाग्मती

काठमाडौं मेडिकल कजेजले गार्ये २४२ जनाको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । काठमाडौं मेडिकल कलेज र नविन बोडिङ स्कुलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । मेडिसिन बिभाग, बाल बिभाग, आँखा बिभाग र दन्त बिभाग गरि २४२ जनाको स्वस्थ्य परिक्षण गरिएको आयोजकले बताएका छन् । मेडिशिनमा १३३, बाल बिभागमा २९, आँखा बिभागमा ३५ र दन्त बिभागमा ४५ जनाले स्वास्थ्य लाभ लिएका थिए ।

स्कुलको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य शिविर उत्शाहजनक रुपमा देखिएको थियो । काठमाडौं मेडिकल कजेज दुवाकोटको सहकार्यमा उक्त कार्यक्रम भएको हो । काठमाडौं मेडिकल कलेजले बिभिन्न समयमा स्वास्थ्य शिविर लगायत बिभिन्न समाजसेवी कार्यक्रम गर्दै आएको छ ।