मनोरञ्जन

टीका प्रसाई र बीरेन्द्र श्रेष्ठको “पिरती नाप्ने के ले हो” सार्वजनिक(भिडियो सहित)

काठमाडौ । चर्चित गायिका टीका प्रसाई र लोकपृय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक भएको छ । ई.बीरेन्द्र श्रेष्ठले गायन र ईन्जितिररिङ क्षेत्र दुबैमा उतिक्कै सक्रिय छन् ।

सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ । गायक ई. बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ ।
[youtube https://www.youtube.com/watch?v=eVMvdlNwNVM]