आर्थिक

सेञ्चुरी बैंकको आर्थिक वर्ष २०७५/७६ को ६.७५% लाभांश

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकको २३ गते बसेको सञ्चालक समितिको ३०३ औं बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्तापुँजी ८ अर्व ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० को २ प्रतिशतले हुनआउने रकम १६ करोड ८३ लाख ९ हजार ४२३.७० बोनश शेयर वितरण गर्ने भएको छ ।

कुलचुक्ता पुँजी ८ अर्व ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० को ४.७५ प्रतिशतले हुनआउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ नगदलाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको र्आिर्थक वर्ष २०७५/७६ को वित्तियविवरण , नाफा नोक्सानको विवरण र अन्यविवरण तथा अनुसूचीहरु प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको छ ।