प्रदेश 1

चरित्रहत्याको आरोपसहित गच्छदारको गृह जिल्लामा ओली सरकार विरुद्ध कांग्रेसको आन्दोलन !

सुनसरी । नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले वर्तमान नेकपा सरकारले कांग्रेसका नेता तथा कार्यकर्तामाथि झुठा मुद्धामा फसाउन लागेको आरोप लगाएका छन् । कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणको मुद्धा लगाएको प्रति आपति जनाउदै जिल्ला समितिले प्रेस विज्ञप्ति निकालेका छन् ।

उक्त विज्ञप्तिमा लेखिएको छ, “नेकपा सरकारले नेपाली जनताका मौलिक हक, अधिकार वंचित गर्ने हिसाबले प्रजातान्त्रिक मान्यता विपरित कानुनहरु ल्याई साम्यवाद लादन गरेका प्रयत्नहरुका विरुद्धमा शान्त र मौस्य हिसावले सदनमा उठाउँदा यसलाई कमजोरी ठानी कांग्रेसका नेता तथा कार्यकर्तालाई फसाउन वर्तमान सरकार लागि परेको छ ।”

पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई निर्दोष देखाई गच्छदारको राजनीतिक चरित्रहत्या गरेको आरोप लगाएका छन् ।