राजनीति

बालुवाटार जग्गाबारे डा भट्टराई भन्छन्ः देशका लागि आवस्यक परे निलकण्ठ बन्नपनि तयार छु !

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफु निर्दाेश रहेको बताएका छन् ।

हिजो मात्रै ललिता निवास जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री भट्टराईको नाम पनि अगाडी आएको थियो । सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले आफु निर्दाेश रहेको बताउँदै यदी उक्त प्रकरणमा आफु दोसी देखिए जस्तो कारबाहि भोग्न तयार हरको बताए ।

उनले देशका लागि आवस्यक परे आँफु निलकण्ठ बन्न तयार रहेको बताएका छन् । भट्टराईले दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने कार्य गर्न नहुनेमा जोड दिए ।

जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहुने जिकिर उनले गरेका छन् ।

उन्को ट्वीटः मैले पनि असहजता महसूस गरेको छु१सुर (असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु १ तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् १ वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।