पु.समाचार

किन लगाईयो एकाबिहानै लुम्बिनी अस्पतालका सटरहरुमा डोजर ? यस्तो छ कारण !

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरुमा एकाबिहानै डोजर लगाईएको छ । अदालतको आदेश लत्याउँदै प्रशासनले आज बिहानै अस्पतालका सटरहरुमा डोजर चलाएको छ ।

सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सपकोटाले फागुन २१ ग्ते दाएत गरेको रिटमा न्यायधीश पुरुषोत्तम भण्डारीको एकल ईजलासले  हिजो (बुधबार) दुई पक्षलाई बोलाएको थियो । तर अदालतको उक्त आदेश अस्पताल प्रशासनले लत्याएपछि सर्वोच्चले फेरीः अर्को अन्तरिम आदेश जारी गर्दै सटर नभत्काउन आग्रह गरेको छ ।

यस्तै गत कार्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालका सटर मंसिर मसमन्त सम्म खाली नगरे डोजर लगाउन चेतावनी दिएको थियो । जस्को बिरुद्ध व्यवसायीहरु अदालत पुगेका थिए ।

जिल्ला अदालत रुपन्देहीले व्यवसायीको मागको विपक्षमा अन्तरिम आदेश खारेज गरेपछि अस्पताल प्रशासनले माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टा भित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो ।

उक्त अवधिसम्म पनि व्यवसायीले सटर खाली नगरेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोगमा आज बिहानै देखी डोजर चलाएर सटरहरु भत्काउन शुरु गरेको हो । डोजर चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।  प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ ।

जिल्ला अदालतको फैसलापछि व्यवसायीहरु सर्वोच्च अदालतमा रिट निवेदन दिन पुगेका थिए । सर्वोच्चले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालका सटर व्यवसायी र अस्पताल प्रशासन समेतका विपक्षीलाई फागुन १ गते छलफलका लागि बोलाउने अन्तरिम आदेश दिएको थियो ।

तर सर्वोच्चको आदेशको बेवास्ता गर्दै अस्पतालले आज (बिहीबार) बिहानै डोजर चलाएर सटरहरु भत्काएको हो । अस्पताल र प्रदेश सरकारविरुद्ध २६ व्यापारीले करार सम्झौता परिपालनाको माग गर्दै मुद्दा दायर गरेका थिए ।