सामाजिक सञ्जाल

नेता गुरुगंको कडा अभिब्यक्तीः भ्रष्टाचारमा पनि राजनीति गर्ने अख्तियार निर्बस्त्र भयो

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रस्य सदस्य धनराज गुरुगंले अख्तियार दुरुपयोग अनुसँधान आयोग निर्बस्त्र भएको बताएका छन् । काँग्रेस उपसभापति बिजय गच्छदारबिरुद्ध अख्तियार दुरुपयोग अनुसँधान आयोगले बुधबार भ्रष्टाचार मुद्धा हालेको घटनालाई टिप्पणी गर्दै मन्त्रीपरिषदबाट निर्णय गराउने मन्त्री भ्रष्ट र प्रधानमन्त्री सदाचारी भन्दै प्रश्न गरेका छन् । उनले मन्त्रीपरषदमा लगेको निर्णय प्रधानमन्त्रीले नचाहेमा पास हुन नसक्ने भन्दै नेता गुरुगंले अख्तियार यस्ता निर्णय गरेर नेपाली जनताबीच नागिंएको बताएका छन् ।

भ्रष्टाचार मुद्धामा पनि को काँग्रेस, को कम्युनिष्ट भन्दापनि मुद्धाका आधारमा भ्रष्टाचारीलाई कारबाही गनुपर्ने र उही मुद्धामा कसैलाई काखा गर्नु नागिंएको बताएका हुन् ।

उनको स्टाटस्ः ललिता निवास काण्डः मन्त्रीपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्र.म. सदाचारी ? क्याविनेट सिष्टममा प्र.म.ले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन। यति साह्रै निर्वस्त्र किन अख्तियार ?