सूचना प्रविधि

प्रवक्ता आचार्यको टिप्पणीः काममा सिन्को नभाँच्ने ओली सरकारको भाषण मात्रै ठुलो !

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले सरकारले काम भन्दा कुरा धेरै गरेको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता आचार्यले काममा सिन्को पनि भाँच्न नसक्ने ओली सरकारको भाषण मात्रै ठुलो भएको टिप्पणी गरेका हुन् ।

उनले नाकाबन्दीको बेला प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित यातायात विकास बारेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा ५ बर्ष पछि काठमाडौंमा मेट्रो चलाउने घोषणा  गरेको बताएपनि काम भने सिन्को पनि नभाचेको जिकिर गरेका छन् ।

एजेन्डा र सोच सहि भएको तर कार्यान्वयनमा सिन्को नभाँचिएको उनको भनाई छ । साथै काठमाडौंको  जडिबुटी चोकको जस्तो जाम देशभरका सबै चोकमा पुग्न अब धेरै समय नलाग्ने बताएका छन् ।

 

उनको ट्वीटः नाकाबन्दीको बेला प्रम ओलीले काठमाडौंमा आयोजित यातायात विकास बारेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा ५ बर्ष पछि काठमाडौंमा मेट्रो चलाउनेु घोषणा गरेका थिए । एजेन्डारसोच सहि थियो, तर कार्यान्वयनमा सिन्को भाँचिएको छैन । जडिबुटी चोकको जस्तो जाम सबै चोकमा पुग्न अब धेरै समय लाग्दैन ।