राजनीति

पौडेलको आक्रोशः गच्छेदारलाई मुद्धा तर विष्णु/माधव/भट्टराईलाई कम्युनिष्ट भएकै कारण उन्मुक्ती किन ?

काठमाडौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वालुवाटारको लालिता निवास काण्डमा नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई मुद्धा चलाईनु काँग्रेसप्रतिको षढ्यन्त्र भएको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कम्युनिष्ट भएकै कारण पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टराई र नेकपा महासचिव बिष्णु पौडेल बिरुद्ध कुनै मुद्धा नचलाईनु र काँग्रेस भएका कारण गच्छदारलाई उही मुद्धामा मुद्धा चलाईनु लाल झण्डालाई बचाउने षढ्यन्त्र भएको टिप्पणी गरेका छन् ।

नेता पौडेलले बुधबार दर्ता गराएको अख्तियारको मुद्धाले अनौठो प्रश्न उबजाएको दाबी गरेका छन् । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ? भनेर प्रश्न गर्नु नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजय गच्छदारमाथी मुद्धा चलाईनु तर शक्तीसाली कम्युनिष्ट नेतामाथी उनमुक्ती दिनुसँग जोडेर हेरिएको छ । विश्वप्रकास शर्माले पनि विजय गच्छदारलाई मुद्धा लगाईनुलाई काँग्रेसमाथीको कम्युनिष्टको गिद्धे नगर भन्दै कम्युनिष्ट नेतालाई मुद्धा नलाग्नु हास्यास्पद भएको बताएका छन्। बुधबारमात्र बिजय गच्छदारसहित १७५ जना बिरुद्ध अख्तियाार दुरुपयोग अनुसंधान आयोगले ललिता निवास काण्डमा भ्रष्टाचार भएको भन्दै मुद्धा दायर गरेको छ ।

बरिष्ठ नेता पौडेलको स्टाटस्ः अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ?

विश्वप्रकाश शर्माको स्टाट्सः श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई ! `एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.