खेलकुद

त्रिकोणत्मक सिरिजमा आज ओमार न अमेरीका भिड्दै !

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका आज (बिहिबार) आमने– सामने हुँदैछन् । यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् । अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ ।

ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो । उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन ।

सिरिज खेल्न नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल भ्रमणमा ओमानले एक खेलिसकेको छ । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो ।

ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो । बिहिबार अमेरिका र ओमान दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गर्ने छन् ।

दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए । ७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।