सामाजिक सञ्जाल

बालुवाटारको सयौं रोपनी जग्गा हडप्ने १७५ जना बिरुद्ध मुद्धा हाल्ने अख्तियारलाई अध्यक्ष थापाको बधाई

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा सयौं रोपनी जग्गा अनियमीतता गर्ने उच्च व्यक्तीहरुमाथी अख्तियारले हालेको मुद्धा सही भएको बताएका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन्, ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचार विरुद्ध महत्वपूर्ण कदम चालेको छ। उनले न्यायालय अग्नीपरीक्षामा भएको बताउँदै अख्तियार दुरुपयोग अनुसंधान आयोगको कदमलाई धन्यबाद समेत दिएका छन् ।

आजमात्र अख्तियार दुरुपयोग अनुसंधान आयोगले नेपाली काँग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छेदार, पुर्व सचिव छविराज पन्त, अख्तियार दुरुपयोग अनुसंधान आयोगका पुर्व प्रमुख आयुक्त दीप बस्न्यात, भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरुगं लगायत एक सय ७५ जना बिरुद्ध बिशेष अदालतमा ललिता निवास घोटाला प्रकरणमा मुद्धा हालेको छ । उक्त मुद्धाको पक्षमा अधयक्ष थापाले मत जारी गरेका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्बाचनमा बिजयी भएका गच्छेदारको साँसद पद स्वत निलम्बन भईसकेको छ । भने मुद्धाको फौसला भने बिशेष अदालतको आदेश पर्खनुपर्नेछ ।

उनको स्टाटस् : ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचार विरुद्ध महत्वपूर्ण कदम चालेको छ। अख्तियारलाई धन्यवाद।
अब न्यायालय अग्नीपरिक्षामा छ। निर्दोष कोही नपरुन्,अपराधी कसैले उन्मुक्ति नपाउन्