समाचार

वडाध्यक्ष धामीको मृत्युको घटना छानबिन गरि दोषीउपर कारबाही गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष धामी यही माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा रहस्यमय तवरले मृत अवस्थामा भेटिएका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष धामीको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको गरेको छ ।