समाचार

पिपिआर रोगका कारण चिसो छल्न आएका २३० भेडा मरे

रुकुम । पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याइएका भेडामा‘ पिपिआर रोग’ भएको पुष्टि भएको छ । समयमा उपचार नपाउँदा करीब २३० भेडा मरेका थिए ।

सो उपमहानगरपालिकाको पशु शाखा, पशु सेवा विज्ञ केन्द्र तथा जनप्रतिनिधि सहितको प्राविधिक टोली भेडा मरेको जानकारी आएपछि प्रभावित क्षेत्रमा पुगेको थियो । नमूना सङ्कलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको थियो । क्षेत्रीय रोग अनुसन्धान प्रयोगशालाले पिपिआरको लक्षण देखिएको जनाएको थियो । चारजना भेडापालक किसानले लुकुमबाट करीब ५०० भन्दा बढी भेडा ल्याएका थिए । पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रीधर शर्माले बाँकी रहेका भेडाको उपचार जारी रहेको जानकारी दिए