आर्थिक

ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई सहयोग

कठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेकोछ।तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दैआएको“जीरि आईस्टडि” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत रु१० लाख बराबरको आर्थिक सहयोग गरेकोछ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखाप्रतिष्ठानको तर्फबाट सिओओ यमबहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दैआएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो।२०१४ बाट शुरुवात भएको यस अध्ययनमा आँखासम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययनहुँदै आएको छ।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ । आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोगगर्ने प्रतिबद्धता गरेकोछ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा४८ वटा एटिएम् मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेकोछ। हालसम्म बैंकले २ लाख ६० हजा रभन्दा बढि खाताबाट रु. ३४ अर्बभन्दाबढि निक्षेप संकलनगरी २० हजारभन्दा बढिऋणीलाई रु.२८अर्वभन्दा बढि लगानी गर्न सफल भएकोछ।