खेलकुद

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

काठमाडौं । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मकक्रिकेटसिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् ।

हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।