सामाजिक सञ्जाल

कोरोना भाईरसबाट बच्न सरकारले सावधानी अपनाउनु पर्दछः प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले चीनको बुहानबाट फैलीएको कोरोना भाईसरको असरबारे सरकारले साबधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरना भाईरसको प्रकोपले मानव स्वास्थ्यमा उत्पन्न त्रास र जोखिमलाई ध्यानमा राख्न जरुरी रहेको बताए ।

उक्त भाईरसबाट बच्न जनचेतना मार्फत सावधानी अपनाउँन सरकारले पूर्व तयारी र सिमा नाका तथा विमानस्थलमा तत्काल कडाई गर्नु आवश्यक रहेको बताए । संक्रमण नफैलियोस भनि सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

उनको ट्वीटः विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरना भाईरसको प्रकोपले मानव स्वास्थ्यमा उत्पन्न त्रास र जोखिमलाई ध्यानमा राखी जनचेतना मार्फत सावधानी अपनाउँन सरकारले पूर्व तयारी र सिमा नाका तथा विमानस्थलमा तत्काल कडाई गर्नु आवश्यक छ।संक्रमण नफैलियोस भनि हामी पनि सचेत बनौं ।