खेलकुद

पुरुष भन्दा महिला उत्तकृष्टः विश्व वरियता, महिला भलिबल उच्च स्थानमा !

काठमाडौं । पुरुषभन्दा महिला कमजोर हुन्छ भन्ने भनाईलाई टक्कर दियो महिला भलिवल टोलीले । महिला फुटबल टोलीले पुरुषको तुलनामा विश्व वरियतामा आफनो स्थान उच्च पारेको छ । 

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनीक गरेको विश्व वरियतामा महिला भलिबलले उच्च स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले निकालेको पछिल्लो वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टिमले ८७ औं स्थान हासिल गरेको छ ।

एफआईभीबीले अन्तराष्ट्रिय सहभागीता र अन्तराष्ट्रिय सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । महिला टिमले यस बर्ष एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जित्नुका साथै सागमो ऐतिहासिक रजत पदक हात पारेको थियो ।

सोही नतिजाका आधारमा महिला भलिबल टिमले विश्व वरियतामा उच्च स्थान हासिल गर्न सफल भएको हो । देशभित्रकै राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेपनि भलिबलको अन्तराष्ट्रिय सहभागीता र नतिजा उत्साहपूर्ण छैन ।

नेपाल भलिबल संघका अनुसार विश्व वरियतामा नेपाली भलिबल पहिलो पटक समावेश भएको हो । गत बर्ष नेपालको पुरुष टिमले एसियन गेम्स खेले लगत्तै एभीसीको वरियतामा नेपाल १५ औं स्थानमा पर्न सफल भएको थियो ।

तर एफआईभीबीले सार्वजनीक गरेको वरियतामा पुरुष टिम १ सय ३८ औं स्थानमा छ । एफआईभीबीले हरेक बर्ष भलिबलको विश्व वरियता निकाल्दै आएको छ ।

पुरुष टिमले महिलाको तुलनामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएपनि नतिजा निकाल्न सकेको छैन । सोही कारण पुरुष टिमको विश्व वरियता निकै पछाडी देखिएको छ ।