सामाजिक सञ्जाल

गगन थापा भन्छन्ः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संविधान विपरित !

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि संविधान विपरित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले राष्ट्रपतिले सिफारिस गरेका विद्यालयमा कार्यक्रम दिनेगरी सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि संविधान विपरित बताएका हुन् ।

साथै नेता थापाले शिक्षामन्त्रीलाई प्रश्न गर्दै राष्ट्रपतिलाई गरिएको भद्दा चाकडी हो की राष्ट्रपतिको बक्सिस दिने रहर भनेका छन् ।

उनको ट्वीटः राष्ट्रपतिज्यूले सिफारिस गरेका विद्यालयमा कार्यक्रम दिनेगरी सरकारले ल्याएकोु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि संविधान विपरित छ । शिक्षामन्त्रीज्यू, यो राष्ट्रपतिज्यूलाई गरिएको भद्दा चाकडी हो की राष्ट्रपतिज्यूको बक्सिस दिने रहर !