सामाजिक सञ्जाल

खगेन्द्र संग्रौलाको प्रश्नः एमसिसि पास गराउन ओली सरकार किन आतुर ?

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले मिलेनिय च्यालेन्ज कर्पाेरेसन (एमसिसि) पास गराउन ओली सरकार हतारिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले ओली सरकारले महाकालि सन्धि गर्दापनि त्यस्तै आतुर देखाएको बताउँदै एमसिसि पास गर्न मरिहत्ते गरेको प्रति आपत्ति जनाएका छन् ।

साथै उनले सरकार यो सन्धि पास गराउनु आतुर भएको देख्दा केही गडबडी भएको आसंका व्यक्त गरेका छन् ।

अरु मुलुकसंग कुनैपनि सन्धि गर्नुपुर्व राम्रोसंग अध्ययन गर्न जरुरी रहेको उनले बताएका छन् ।

उनको ट्वीटः एमसीसी इन्डो प्यासिफिकको अङ्ग हो कि होइन म जान्दिनँ । तर ओली सरले यसलाई झटपट पास गर्न मरिहत्ते गरेको देख्दा महाकाली सन्धिको भूतले तर्साउँदै छ । महाकालि सन्धि झटपट पास गर्न पनि त ओली सरले यसरी नै मरिहत्ते गरेका थिए । दालमा केही कालो पो छ कि, मान्यवर ?