आर्थिक

माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा

माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंक)बाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएका छ ।

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौताअनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्वभन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार बैंकले विदेशबाट पैसा ल्याउनेप्रकृया थालेको थियो ।