मनोरञ्जन

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे ‘बन्दकी’ (भिडियो सहित)

अष्ट्रेलिया । अष्ट्रेलिया बस्दै आएका निर्देशक प्रबिन्द काफ्लेको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन । विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न सफल काफ्लेले हालै बन्दकी बोलको गीतको भिडियो तयार पारेका हुन ।

श्रीया नेपालले गाएको गीतको भिडियोको छयांकन उनले ब्रिसबेन, गोल्ड कस्ट लगायत क्षेत्रमा गरेका हुन । अष्ट्रेलियामै रहेका प्रतिभा महर्जन र आर्यान अधिकारीले भिडियोमा अभिनय गरेका छन । प्रकाश थापाले लेखेको गीतमा आशिक प्रजापतिले कम्पोज गरेका हुन । निर्देशन काफ्लेले अष्ट्रेलियामै थप केहि गीतको भिडियो बनाउने तयारी गरिरहेका छन । अष्ट्रेलियामा पनि नेपाली गीतसँगीतको बिकास र प्रबद्र्धनमा समेत उनी लागीपरेका छन ।

[youtube https://www.youtube.com/watch?v=HEllhLVppj8&w=881&h=493]