अन्तर्राष्ट्रिय

भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु : रुसी मन्त्री

एजेन्सी । रसियाका उद्योग तथा बाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिएका छन ।

उनले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन शुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताए ।

भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो । मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए ।

रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ । टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ ।