राजनीति

एमसिसी नेपालको हितमा, अनावश्यक हल्ला गरि मित्रराष्ट्रसँग लफडा गर्नुहुन्नःः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसीको विषयमा सरकारले राष्ट्रिय हितलाई ध्यानमा राखेका निर्णय गर्ने दोहोर्याएका छन् ।

गुल्मीमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले जनतालाई ढुक्कहुन आग्रह गर्दै सरकारले मुलुकको हित विपरित कुनै पनि कार्य नर्गने बताएका हुन् । एमसीसीको विषयमा नेपालीका लागि लाभ हुने गरी कार्य गर्ने उनले बताए ।

साथै एमसीसीको विषयमा अनावस्यक टिकाटिप्पणी र अतिरञ्जित भएको समेत मन्त्री ज्ञवालीले बताएका छन् । उनले नबुझरै एमसिसिको विरोधहरु भैरहेको बताए ।

एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे । सरकार संचालनको दुई वर्ष पूरा हुन थालेको बताउँदै ज्ञवालीले जनतामा सरकारप्रति विश्वास बढेको दावी गरे ।

उनले दुई तिहाई सरकारले नै मुलुकको आमूल परिवर्तन गर्ने समेत दाबी गरेका छन् । शान्ति सूचकमा नेपाल दक्षिण एशियाकै उच्च स्थानमा रहेको समेत उल्लेख गरेका छन् ।

वर्षौदेखि अलपत्र परेका राष्ट्रिय गौरवका योजना पनि ओली नेतृत्वको सरकाको पालादेखि पूनः सूचारु भएको समेत उनले बताए ।