सामाजिक सञ्जाल

चन्द्र भण्डारीको ठोकुवा: मुलुक भ्रष्टाचारबाट उन्मुक्ति भए कसैसंग झुक्नु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अरुमा आत्मनिर्भर हुने सोच त्यागे कसैको अगाडी झुक्न नपर्नेमा जोड दिएका छन् ।

उनले भ्रष्टचारबाट उन्मुक्ति र खर्च कटौति गरे बिदेशीको आश गर्न नपर्ने बताए । सामाजिक सञ्जाल ट्वीट मार्फत नेता भण्डारीले बैसाखीको सोंच त्यागी आफैमा उभिन सके कसैसंग झुक्नु नपर्ने बताएका हुन् ।

साथै भष्ट्रचारको महामारीबाट उन्मुक्ति र खर्च कटौति गरे पुग्ने भन्दै उनले प्रदेश, संघीय संसद, र कर्मचारी संख्यामा कटौति गर्ने र साधारणा जिवन शैली अपनाउने हिम्मत सबैले राख्न जरुरी रहेको बताएका छन् ।

उनको ट्वीटः बैसाखीको सोंच त्यागी आफैमा उभिन सके कसैसंग झुक्नु पर्दैन । भष्ट्रचारको महामारीबाट उन्मुक्ति र खर्च कटौति गरे पुग्छ । जसकालागी प्रदेश, संघीय संसद, र कर्मचारी संख्यामा कटौति गर्ने र साधारणा जिवन शैली अपनाउने । हिम्मत त गरौं !!!