समाचार

गोप्य रुपमा डा. भट्टराई किन गए महरालाई भेट्न जेल ?

काठमाडौं । एक महिलामाथि बलात्कार गरेको आरोपमा डिल्ली बजार कारागारमा रहेका पुर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कारागार पुगेका छन् । जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरा अहिले हिरासतमा छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले १ घन्टा महरासँग कुराकानी गरेको कारागारका एक कर्मचारीले बताए । महरालाई भेट्ने उनी पहिलो उच्च तहको राजनीतिज्ञ हुन् ।