आर्थिक

ग्लोबल आइएमई बैंकको नयाँ शाखा झक्तपुरको कमलविनायकमा

भक्तपुर । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँशाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।