खेलकुद

गिरिजा प्रसाद कोइराला गोल्डकप: सर्लाहीलार्ई ३–२ गोलले पराजित गर्दै सप्तरी विजयी

वीरगन्ज । प्रदेश २ स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगीतांमा सोमबार सप्तरी विजयी भएको छ । वीरगन्जमा शनिबारबाट सुरु भएको प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप पूmटबलमा सर्लाहीलाई सप्तरीले ३–२ गोलले हराएर विजयी भएको छ ।

आदर्शनगर रंगशालामा भएको तेश्रो दिनको खेलमा निर्धारित ९० मिनेटको खेलमा सप्तरीको पहिलो प्रहारले खेलमा नया मोड थपेको थियो । पहिलो हाफको ३७ मिनेटमा सप्तरीका दिवश श्रेष्टले  गोल गरेका थिए भने खेलको दाश्रो हाफमा ६ मिनेटमा सप्तरीकै दिवश श्रेष्टले गोल गरेको थिए । जवावी रणनिति लिएर सर्लाहीका श्रवण लामाले दाश्रो हाफको १६ मिनेटमा सर्लाहीका लागि पहिलो गोल गरेका थिए ।

खेलमा म्यान अफ दी म्याच सप्तरीका डिफेन्डर दिवश श्रेष्ट भएका थिए । प्रतियोगितामा मगंलवारको खेलमा बारा र सिराहा भिड्ने आयोजकले जानकारी गराए । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् । आठ वटा टिमलाइ दुइ समूहमा विभाजन गरिएको छ । समुह ‘क’मा पर्सा, बारा, धनुषा र सिराहा छन् ।

समूह ‘ख’मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् । प्रतियोगिताको उपाधी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैया नगद सहित कप र मेडल दिनेछ ।