समाचार

पूर्व सांसद श्रेष्ठको उपचारको क्रममा निदान, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाण्डौंका पूर्व कोषाध्यक्ष एवं पूर्व सांसद ८१ वर्षका राम श्रेष्ठको उपचारको क्रममा निदान अस्पतालमा आज निधन भएको छ । स्वर्गीय श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको थियो । उनको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुग्न गएको छ । समाजसेवामा समर्पित स्व. श्रेष्ठको निधनबाट मुलुकले एक कर्मठ प्रजातन्त्रवादी योद्धा गुमाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उले भनेका छन्, “नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याउनुका साथै नेपाली कांग्रेसको संगठन विस्तारमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुग्नुका साथै सच्चा लोकतन्त्रवादी नेता पार्टीले गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”