आर्थिक

प्रभु बैंकको धर्मस्थली शाखा कार्यालय सञ्चालनमा

काठमाण्डा । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित धर्मस्थलीमा आफ्नो २०७औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थलीशाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोरा लेगरेका हुन् ।

बैंकको धर्मस्थलीमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी वोहोराले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका धर्मस्थली शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।